काठमाडौं । प्रमुख प्रतिपक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले प्रतिपक्षलाई तर्साउन खोजेको बताउनुभयाे ।
आजकाे प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले ललिता निवास जग्गा प्रकरणमा गठबन्धनका नेता जोगाउन सरकारले रुमालले होइन गम्छाले पसिना पुछ्नुपरेको भन्नुभयाे ।
‘निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो । त्यो फाइल बन्द गराउन क्या गाह्रो पर्यो है । कस्तो गाह्रो पर्यो बन्द गर्न । मुद्दा बुझाउन नसक्ने । कसरी उम्काउने ? कसरी ढाकछोप गर्ने ?' उहाँले भन्नुभयाे- 'सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला । रुमालले पुगेर गम्छा लिएर पुछ्नुपरेको थियो त्यसिबेला पसिना ।’
ओलीले सुन काण्डले पनि सरकारलाई हैरान पारेको बताउँदै सरकारले आफ्नो मान्छे राख्नका लागि आयोगमा चारजना राखेको बताउनुभयाे ।
