काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अपराधीलाई आममाफी दिइएकाेमा कडा आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि बैठककाे विशेष समयमा बाेल्दै अध्यक्ष केसीले सरकारले सिफारिस गर्दैमा ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गर्नुभयाे ।
सत्ताधारीहरुको फौजदारी मुद्दा लागेका अपराधीहरुलाई राष्ट्रपतिले मिनाह दिनु गलत भएको उहाँले बताउनुभयाे । 'राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा, संविधान दिवसको अवसरमा फैजदारी मुद्दा लागेको अपराधीहरुलाई जुन मिनाह दिने काम भयो यो अत्यन्तै गलत काम छ, यो राजनीतिक पार्टीहरुको सत्ताधारीहरुको सिफारिसमा जे आउँछ त्यो मान्नुपर्छ भन्ने छैन, यदि सरकाले सिफारिस गरेर हरेक ज्यानमारा र अपराधीले छुट पाउँने हो भने न्याय पालिका किन चाहियो ?'- अध्यक्ष केसीकाे प्रश्न छ ।
सत्ताधारी र सरकारबाट जे सिफारिस आउँछ त्यो मान्नुपर्छ भनेर राष्ट्रपति रामचन्द्र पाैडेलले विवशता प्रकट गरेकाे समेत बताउनुभयाे ।न्यायपरिषद्ले लिएको परीक्षामा फेल भएकालाई पनि न्यायाधीश बनाएर सरकारले गलत गरेकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष केसीले देशमा संघीयता आवश्यक नरहेकाे पनि बताउनुभयाे ।
