काठमाडौं । प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक माथि छलफल सुरु भएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएपछि सैद्धान्तिक छलफल सुरु भएको हो।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० गत साउन १६ गते मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृत गरेको थियो । सो विधेयकमा गरेको व्यवस्था प्रति असहमति जनाउँदै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । सरकारले विधेयकमा भएको व्यवस्था संसद्मा छलफलको क्रममा सच्याउने भन्दै शिक्षकहरूसँग सम्झौता गर्दै आन्दोलन थामथुम पारेको छ । सोही विधेय माथि प्रतिनिधि सभामा आजबाट छलफल सुरु भएको हो ।
