काठमाडौं । प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सरकारले ल्याएको शिक्षा विधेयकको विषयमा धेरै छलफल आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभामा सरकारले ल्याएको शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै शिक्षाको विषय देशको भविष्यसँग जोडिएको विषय भएको बताउँदै त्यसमा लामो छलफल र बहस आवश्यक रहेको बताउनुभयो । शिक्षा विधेयकलाई औपचारिकताको लागि मात्र संसदमा ल्याउने र पास गर्ने काम गर्नु नहुनेमा उहाँले जोड दिनुभयो । ‘यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफल गर्न आवश्यक छ’, उहाँले भन्नुभयो ।
शिक्षा विधेयक आउनु सकारात्मक रहेको भए पनि सो विधेयकमा कतिपय विवादित दफा भएकाले त्यस माथि छलफल गरी आवश्यक निर्णय लिनु पर्ने बताउनुभयो । सो विषयमा व्यापक छलफल गरी विधेयकमा साझा सहमति बनाएर मात्र पास गर्नुपर्ने उहाँको सुझाव छ ।
