काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक मंगलबार बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसै गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायनसम्बन्धी विधेयक २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ ।
