काठमाडौं । आजको लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
आज बिहान ११ः०१ बजे बस्ने गरी बोलाइएको बैठक शुक्रवारलाई सारिएको छ ।
आज राष्ट्रिय शोक भएको कारण बैठक नबसेको हो । इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थी मारिएपछि सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नमिल्ने भएकोले बैठक स्थगित गरिएको हो ।
