काठमाडाैं । राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने भएकाे छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कात्तिक १४ गते मंगलबार अपरान्ह ४ः४६ बजे बस्नेगरी बैठक बोलाउनुभएकाे हाे ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम सो दिन बैठक बोलाउनुभएकाे राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले शुक्रबार निकाल्नुभएकाे सूचनामा उल्लेख छ ।
