काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्ने कार्य तालिका रहेको छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्य तालिका छ ।
त्यस्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले बैँकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैँकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८०, भन्सार विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकको लागि तय भएको छ ।
यसै गरी परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले बिमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको छ ।
