काठमाडाैं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० पेस गर्नुभयाे ।
यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक कात्तिकक १६ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।
