काठमाडाैं । संसदीय समितिले ललितपुरकाे ग्वार्को फ्लाइओभरको अनुगमन गरेकाे छ ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले साेमबार फ्लाइओभर निर्माण कार्यकाे स्थलगत अनुगमन गरेकाे हाे । ठेक्का सम्झौता भएको लामो समय हुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै समितिले असन्तुष्टि जनाएकाे छ
समिति सभापति दिपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताउनुभयो । उहाँले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने बताउनुभयाे ।
सभापति सिंहले कोटेश्वर-सातदोबाटो-कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसँग छलफल गरेर आवश्यक निर्देशन दिइने बताउनुभयो ।
ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्याम्प सहित ग्वार्को फ्लाईओभर निर्माण भइरहेको छ ।
समितिले सोमबार नै कलंकी बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरीक्षण गरेको छ ।
