काठमाडौं । प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले प्रतिनिधि सभा बैठकमा मौन धारण गरेर विरोध जनाउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य सममा आफूलाई बोल्न दिएको समयमा उहाँले मौनधारण गरेर विरोध जनाउनुभएको हो । उहाँले पाउने एक मिनेटको समय उठेर नबोली गौतमले बिताउनुभएको थियो ।
सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि आफ्नो आसनबाट उठे पनि नबोलेपछि सभामुखले उहाँलाई बोल्न समय दिएको बताउनुभएको थियो । तर उहाँ केही प्रतिक्रिया नजनाई उभिनु भएको थियो । उहाँ आफ्नो आसनबाट उभिएर केही नबोली आफ्नो समय बितेपछि बस्नु भएको थियो ।
बर्दिया–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद् गौतम यस अघि आफूले उठाएको विषयमा सरकारले ध्यान नदिएको भन्दै अनसन समेत बस्नु भएको थियो ।
