काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्व प्रकाश शर्माले नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले इजरायलबाट हमास समूहले नियन्त्रणमा लिएको नेपाली विद्यार्थी जोशीको उद्धारको काम गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेकोले उद्धारका लाग काम गर्नुपर्ने बताउनुभयो ।
कतार सरकारमार्फत कुरा गरेर जोशीको उद्धार गर्न सकिने सम्भावना रहेको शर्माले बताउनुभयो । ‘यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, शर्माले भन्नुभयो ।
