काठमाडौं । टी–२० विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको छ ।
पराजयसँग नेपाल समूहको उपविजेता बनेको छ । नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखे पनि विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए पनि नेपालले जीतको लक्ष पूरा गर्न सकेन ।
अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान रनले विजयी भयो । करणले अन्तिम बलमा छक्का हान्न सक्नु भएको भए नेपालले खेल जित्ने थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोड्नु भएको थियो । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाउनु भयो । अन्य खेलाडीले आज राम्रो खेल्न सक्नु भएन । खेलमा रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट हुनुभएको थियो ।
खेलमा आसिफ शेखले पाँच रन र गुल्सन झाले तीन जोड्नुभयो ।
