काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिकाे बैठकले नेपालकाे नामा सर्वसम्मतिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयाे ।
नेपाल विरुद्ध समितिमा एउटा उजुरी परेको थियो । उजुरीकर्ता छलफल र प्रस्तावित राजदूतसँग संसदीय सुनुवाइ गरेपछि उहाँकाे नाम सर्वसम्मत रुपमा अनुमाेदन गरिएकाे जबराले जानकारी दिनुभयो
कात्तिक २३ गते बसेकाे मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । अब राष्ट्रपति रामचन्द्र पाैडेलले नेपाललाई राजदूतमा नियुक्त गर्नुहुनेछ ।
