काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिनुभएकाे राजीनामा स्वीकृत गर्नुभएकाे छ ।
राष्ट्रपति पौडेलले महासचिव गाैतमकाे राजीनामा स्वीकृत गर्नुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।
महासचिव गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाउनुभएकाे थियाे । तर राष्ट्रपति पाैडेलले आज मात्रै राजीनामा स्वीकृत गर्नुभएकाे हाे ।
गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोक्नुभएकाे छ ।
