काठमाडाैं । नेकपा एमालेका सांसद् लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।
सांसद् कोइरीको निलम्बन फुकुवा भएकाे संघीय संसद् सचिवालयले आइतबार सूचनामार्फत जानकारी दिएकाे छ । महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरी ०८० वैशाख १९ मा निलम्बनमा पर्नुभएकाे थियाे ।
सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या काण्डमा मुछिनुभएका काेइरीलाई मंसिर २९ गते जिल्ला अदालत महोतरीले सफाइ दिएकाे थियाे ।
