काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राख्नुपर्नेमा राजनीतिक स्वार्थ पूरा गर्ने गरी बनाइएको बताउनुभएकाे छ ।
आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाेल्दै प्रमुख सचेतक गिरीले स्वार्थ समूहलाई केन्द्रमा राखेर याेजना बनेकाे बताउनुभयाे ।
राजनीतिक स्वार्थहरू पूरा गर्ने गरी याेजना बनेको भन्दै उहाँले ठूला सपना बाँडेर जनतालाई भ्रममा पार्ने छुट कसैलाई नभएको बताउनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'आवधिक योजना हेर्दा मोटामोटी ठिकै छ, अहिलेको सरकारले जनतालाई केन्द्र विन्दुमा नराख्ने, स्वार्थ समूहलाई केन्द्रमा राख्ने, राजनीतिक स्वार्थहरू पूरा गर्ने गरी योजना बनाउने अनि ठूला-ठूला सपना बाँडेर जनतालाई भ्रममा पार्ने छुट कसैलाई छैन ।'
निर्धारित लक्ष्य कार्यान्वयन गर्नका लागि सरकारले विश्वासिलो आधार नबनाएकाे पनि बताउनुभयाे ।
