काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमै टुंग्याइने बताउनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाकाे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बाेल्दै मन्त्री गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने बताउनुभयो ।
बेपत्ता पारिएका व्यक्तिको छनविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि गठित उपसमितिको प्रतिवेदनसहित समितिमा भएको छलफलमा उहाँले विधेयकलाई अन्तिम रुप दिन राजनीतिक सहमति जुटाउन प्रयास गरिरहेको बताउनुभयाे ।
अब केही दिन शीर्ष नेताहरुसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पुर्याइने मन्त्री गुरुङले बताउनुभयाे । संसद्काे आगामी अधिवेशनबाट साे विधेयक पास हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयाे ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टीआरसी विधेयक टुंगो लगाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
