काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नुहुने भएकाे छ ।
सभामुख घिमिरेले समिति सभापतिहरूलाई बिहान ११ बजे छलफलका लागि बाेलाउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
सभामुखकाे कार्यकक्ष सिंहदरबारमा हुने छलफलमा समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
