काठमाडाैं । भाेलिदेखि सुरु हुने संघीय संसद्काे हिउँदे अधिवेशनकाे सबै तयारी पूरा भएकाे छ ।
अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने भौतिक तथा प्राविधिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएकाे छ ।
अधिवेशनकाे पूर्व सन्ध्यामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार दिउँसाे संघीय संसद् भवनकाे अवलाेकन गर्नुभएकाे छ ।सभामुख घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर भौतिक तथा प्राविधिक व्यवस्थापन र बैठक स्थलकाे अवलोकन गर्नुभएकाे छ ।
सभामुख घिमिरेसँगै उपसभामुख इन्दिरा राना, संसद् सचिवलायका कर्मचारी लगायतकाे टाेली बैठकस्थलकाे अवलाेकन गर्न पुगेकाे हाे ।
संघीय संघीय संसद्का दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाकाे बैठक भाेलि अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ ।
