काठमाडाैं । राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
नेकपा एमालेकी सांसद् दिलकुमारी रावल पार्वतीले सो प्रस्ताव दर्ता गर्नुभएकाे हाे । रावल प्रस्तावक रहेकाे साे प्रस्तावमा नेपाली कांग्रेसका अनिता देवकोटा, एमालेकै भैरव सुन्दर श्रेष्ठ, माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी, एकीकृत समाजवादीका मदन कुमारी शाह (गरीमा), जसपाका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद् डा. खिमलाल देवकोटा र मनाेनित सांसद् डा. विमला राई पौडेल समर्थक हुनुहुन्छ ।
१० औँ पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरेर तत्काल संसद्मा पेस गर्न प्रस्तावमा माग गरिएकाे छ ।
