काठमाडाैं । संघीय संसद्काे हिउँदे अधिवेशन सुरु भएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजेदेखि संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन सुरु भएकाे हाे ।
छुट्टाछुट्टै सुरु भएका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा सभामुख देवराज घिमिरे र सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहाेरा पढेर सुनाउनुभयाे ।
पत्र सुनाएलगत्तै सभामुख घिमिरेले अहिले शुभकामना सम्बाेधन गरिरहनुभएकाे छ ।
