काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक माघ २४ गते बस्नेगरी स्थगित भएकाे छ ।
साेमबारदेखि सुरु भएकाे हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाकाे तेस्राे अधिवेशनकाे पहिलाे बैठक करिब आधा घण्टा बसेर २४ गतेसम्मका लागि स्थगित भएकाे हाे ।
अर्काे बैठक माघ २४ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयाे ।
बैठककाे सुरुमा उहाँले राष्ट्रपतिबाट अधिवेशन आब्हान सम्बन्धी पत्र पढेर सुनाउनुभएकाे थियाे ।
