काठमाडाैं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० प्रतिनिधि सभामा पेस भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे तेस्राे अधिवेशनकाे पहिलाे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुभएकाे हाे ।
राष्ट्रपति रामचन्द्र पाैडेलले माघ ४ गते मन्त्रिपरिषद्काे सिफारिसमा साे अध्यादेश जारी गर्नुभएकाे थियाे ।
