काठमाडाैं । प्रतिनिधि सभामा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे तेस्राे अधिवेशनकाे पहिलाे बैठकमा सभामुख देवराज घिमिरेले मनाेनयन गरिएका सदस्यहरुबारे जानकारी गराउनुभएकाे हाे ।
उहाँले सांसद् ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरिएकाे जानकारी गराउनुभयाे ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरिएकाे सभामुख घिमिरेले जानकारी दिनुभयाे ।
