काठमाडाैं । प्रतिनिधि सभा बैठक सञ्चालन गर्नका लागि कार्यतालिका (क्यालेण्डर) स्वीकृत गरिएकाे छ ।
सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ र फागुन महिनाको कार्यतालिका स्वीकृत गरेको हाे । बैठकले आजदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन सदनमा छलफल गरिने विषयसहितको कार्यतालिका स्वीकृत गरेको हो ।
जसअनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्ने छ । फागुन महिनामा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ ।
स्वीकृत कार्यतालिका अनुसार सांसद्हरुले आजैदेखि विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय बैठकले गरेकाे छ ।
आजै बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सभामुख देवराज घिमिरेले संसदीय गतिविधि सञ्चालनका लागि कार्यतालिका लागू गरिने बताउनुभएकाे छ ।
