काठमाडाैं । प्रतिनिधि सभामा बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे तेस्राे अधिवेशनकाे पहिलाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गर्नुभएकाे हाे ।
बैठकमा संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले २ वटा विधेयक टेबल गर्नुभएकाे छ । उहाँले राष्ट्रिय सभामा उत्पत्ति भएकाे विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितकाे विधेयक टेबल गर्नुभएकाे हाे ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलाे संशाेधन) अध्यादेश, २०८० पेस गर्नुभएकाे थियाे ।
प्रतिनिधि सभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
