काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ट्रेड युनियन अधिकारको दुरुपयोग भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले ट्रेड युनियन अधिकारको दुरुपयोग भएको कारण कतिपय समस्या सिर्जना भएको बताउनुभयो । ‘ट्रेड युनियन राइट्स छँदै छ, हामीले दुरुपयोग गरेर समस्या भएको हो, सदुपयोग गरेको भए समस्या हुँदैन थियो’, शर्माले भन्नुभयो ।
शर्माले ट्रेड युनियनको कुरा कर्मचारीको काम, कर्तव्य अधिकारमा उल्लेख गर्न सुझाव दिनुभयो ।
