काठमाडाैं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाकाे बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदन पेस गर्नुहुनेछ । उहाँले नै सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गुरुङले प्रस्तुत गर्नुहुनेछ ।
आजै बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
आजको प्रतिनिधि सभामा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची पनि तय छ ।
