काठमाडाैं । सांसद् अच्युतप्रसाद मैनालीले पुँजीगत खर्चतर्फ विनियाेजित रकमकाे १७ प्रतिशत मात्र खर्च हुनु विणम्बनापूर्ण भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मैनालीले भन्नुभयाे - 'सरकारकाे चालु आबकाे ७ महिना चलिरहँदा पुँजीगत खर्चतर्फ विनियाेजित ३ खर्ब रकमकाे १७ प्रतिशत मात्र खर्च हुनु विणम्बनापूर्ण हाे ।'
तामागढी- सिम्राैनगढ सडकखण्डबाट प्रभावित किसानलाई तत्काल मुआब्जा दिलाउन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'मुआब्जातर्फ सरकारले बजेट विनियाेजन गरेकाे छ, तर त्याे हात्तीकाे देखाउने दाँत जस्ताे भएकाे छ, तामागढी- सिम्राैनगढ सडकखण्डकाे करिब ३० किलाेमिटरकाे मुआब्जा २ अर्ब ९७ कराेड जनताले बर्षाैदेखि पाएका छैनन्, जनता आन्दाेलित भएका छन्, म सरकारसँग अबिलम्ब बजेटमा विनियाेजन रकमकाे निकासा गरी किसानहरुलाई जग्गाकाे मुआब्जा दिलाइयाेस् भन्ने मा गर्दछु'- मैनालीले भन्नुभयाे ।
