काठमाडाैं । सांसद् अब्दुल खानले जनहितका काम सरकारले समयमै सम्पन्न नगरे संसद्मै अनसन बस्ने चेतावनी दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकाे शून्य समयमा बाेल्दै सांसद् खानल्ले सांसद्हरुले अनसन बस्दा र दबाब दिँदा पनि काम हुन नसक्नु दु:खद भएकाे बताउनुभयाे ।
'बर्दियामा बाघकाे आक्रमण राेक्नका लागि पटकपटक आवाज उठाइएकाे छ, जब्दीघाटकाे पुल निर्माणका लागि पूर्व मन्त्री माननीयज्यू अनसन बस्नुभएकाे छ, नारायणगढ-बुटवलकाे सडका लागि पूर्व गृहमन्त्रीले दबाब यात्रा गर्दा पनि समयमा काम भएकाे छैन,यस्ता जनहितकारी समयमै नहुनुमा दु:ख व्यक्त गर्दछु, यस्ता कामहरु अब समयमा नभए याे सदनमा म पनि अनसन बस्न तयार हुन्छु'- उहाँले भन्नुभयाे ।
