काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महासचिव पाण्डेयलाई बुधबार शपथ ग्रहण गराउनुभएकाे हाे ।
शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतको उपस्थिति थियो ।
पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद् महासचिवमा नियुक्त गर्नुभएकाे थियाे ।
