काठमाडाैं । प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यक्रम हुने जानकारी गराउनुभएकाे हाे ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको उहाँले बताउनुभयाे ।
सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसद्हरुले आगामी फागुन २ गते दिउँसाे ३ बजेभित्र संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष आफ्नो प्रश्न लिखित रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।
