काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकाे छ ।
रास्वपाका सांसद्हरुले बुधबार प्रतिनिधि सभामा साे प्रस्ताव दर्ता गराएका हुन् । रास्वपा सचेतक निशा डाँगी प्रस्तावक रहेकाे साे प्रस्तावलाई पार्टीका सांसद्हरुकाे समर्थन छ ।
यातायात क्षेत्रको समग्र अवस्था, सवारी दुर्घटनाको भयावह यथार्थ र दुर्घटनाका कारण नागरिक र राज्यले व्यहोर्नुपरेको अपूरणीय क्षतिबारे सरकारलाई सचेत गराउन र यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी सवारी दुर्घटना न्यूनीकरणका योजना र कार्यक्रम अघि सार्न अपरिहार्य देखिएकाले प्रस्ताव दर्ता गराइएकाे रास्वपाले जनाएकाे हाे ।
यस्ताे छ प्रस्ताव:
