काठमाडाैं । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले संघीय निजामती सेवा एेन तत्काल ल्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै नेकपा एमालेका सांसद् राईले निजामती सेवा एेन जारी नहुँदा कर्मचारीहरुलाई ठिक ढंगले चलाउन असहज भएकाे बताउनुभयाे ।
साे एेन नआउँदा सुशासन कमजाेर भएकाे, जनता सेवा प्राप्त गर्नबाट विमुख भएका र सरकारकाे काम गतिमा पनि अवराेध पैदा भएकाे उहाँले बताउनुभयाे । सांसद् राईले भन्नुभयाे - 'सरकारले याे निजामती सेवा एेन चाँडाे ल्याओस्, कामकागजका दाैरानमा सहजता प्रदान गराेस् ।'
सुशासनकाे पाटाेमा सरकारले ध्यान नदिएकाे भन्दै उहाँले यदि ध्यान दिएकाे भए ९ महिनासम्म महालेखा परीक्षक कायममुकायम नचाउने अवस्था नआउने बताउनुभयाे । असुल गर्नुपर्ने बेरुजुकाे अंक करिब २७ अर्ब रहेकाे भन्दै सांसद् राईले यदि त्याे असुल गर्न सक्ने हाे भने विकास निर्माणकाे काम सहज हुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'महालेखा परीक्षक चाँडाे नियुक्त गरियाेस् ।'
संवैधानिक परिषद्मा प्रतिपक्षकाे बहुमत भएकाले सरकारले महालेखा परीक्षक नियुक्त नगरेकाे भन्दै सांसद् राईले यस विषयमा सरकारकाे नियतमा खाेट रहेकाे बताउनुभयाे ।
सार्वजनिक खरिद एेन पनि चाँडै ल्याउन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । देशकाे अर्थतन्त्र मन्दीकाे अवस्थामा पुग्दा पनि सरकारले ध्यान नदिन नसकेकाे सांसद् राईले बताउनुभयाे ।
