काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८० गर्नुहुने सम्भावित कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यो विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।
