काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सांसद् राजेन्द्रलक्ष्मी गैरेले बर्दघाट क्षेत्रमा एउटा गुणस्तरीय अस्पताल खाेल्न सरकारँग माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गैरेले बुटवल र नारायणगढकाे बीचमा पर्ने जनतालाई दुवैतिर जान असहज भएकाे भन्दै बीचमा पर्ने बर्दघाट क्षेत्रमा एउटा गुणस्तरीय अस्पताल बनाउनुपर्ने माग गर्नुभयाे । आगामी नीति तथा कार्यक्रम र बजेटमा त्याे विषय समावेश गर्न उहाँले माग गर्नुभयाे ।
सांसद् गैरेले शान्ति प्रक्रियाका बाँकी काम चाँडाे भन्दा चाँडाे टुंग्याएर समाजमा शान्ति स्थापना गर्नुपर्ने बताउनुभयाे । न्याय हरायाे र न्यायकाे अनुभूति भएन भनेर पीडितहरुले भनिरहेका भन्दै उहाँले इमानदार भएर याे काम चाँडाै भन्दा चाँडाे टुंग्याउनुपर्ने बताउनुभयाे । द्वन्द्वका बेला माओवादी र सरकारकाे चपेटामा परेका सांसद् गैरेले स्मरण गर्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभूति गर्न नसकेको बताउनुभयाे ।
युवा र महिलालाई उद्यमशील बनाउनुपर्ने पनि सांसद् गैरेले बताउनुभयाे । राष्ट्रिय गाैरवकाे आयाेजना चाँडै सक्न र काम गर्नेहरुलाई समयमै भुक्तानी दिन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
नेपालका बाटा पर्यटक अनुकूल नभएका भन्दै सांसद् गैरले राजमार्गहरु अवराेध गरेर विकास गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयाे । विकास निर्माण पक्रिया नमिलेकाे भन्दै उहाँले समयानुकूल विकास गर्नुपर्ने बताउनुभयाे ।
काेटेश्वर घटनामा एकीकृत समाजवादीका नेता तथा भाैतिक पूर्वाधानमन्त्री तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाकाे कुनै दाेष नरहेकाे समेत दाबी गर्नुभयाे ।
