काठमाडाैं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक रहेको बताउनुभएकाे छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले आर्थिक अपराध नियन्त्रणले मात्र राज्यलाई सही दिशा दिन सक्ने बताउनुभयाे ।
आर्थिक अपराधको नियन्त्रण आर्थिक अपराध नियन्त्रण लामाे समयदेखि नेपालमा प्रमुख चासोको रुपमा रहँदै आएकाे भन्दै मन्त्री गुरुङले यसका लागि कठाेर कानुन बनाउन आवश्यक रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'आर्थिक अपराध नियन्त्रण लामाे समयदेखि नेपालमा प्रमुख चासोको रुपमा रहँदै आएको छ, गम्भीर प्रकृतिका सीमापार आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सही ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैलाई महशस भएको छ, सबै मिलेर यस्ता अपराधविरुद्ध लड्नु टड्काराे आवश्यक छ, यसका लागि राज्यको कठोर नीति तथा कानुन आवश्यक छ'- मन्त्री गुरुङले भन्नुभयाे ।
मुलुककाे आर्थिक तथा वित्तीय प्रणालीकाे स्थायित्व कायम गर्न, व्यवसायिक वातावरण प्रवर्द्धन गरी मुलुकमा वित्तीय परदर्शीता, लगानीयोग्य वातावरण र सुशासन कायम गर्न सहयोग पुर्याउने उद्देश्यले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक सदनमा पेस गरेकाे मन्त्री गुरुङले बताउनुभयाे ।
सााे विधेयकले हुण्डी कारोबारी, मानव तस्करी, क्रिप्टो करेन्सी तथा आतंकाकारी कार्यलाई कसुर कायम गर्ने प्रस्ताव गरेकाले त्यस्ता कसुरबाट आर्जित सम्पत्तिविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत कारबाही गर्न सकिने व्यवस्था गरेकाे बताउनुभयाे ।
