चितवन, । राष्ट्रियस भाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धेरै कानुन अझै बन्न बाँकी रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियस भामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताउनुयभो । ‘सरकारले नै विधेयक ल्याउन सकेन’, उहाँले भन्नुभयो । राष्ट्रियस भामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियस भामा आएका विधेयक सम्पूर्ण ढंगले समयमा नै पास गरेर पठाएका छौँ ।’ सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उहाँले बताउनुभयो । –रासस
