काठमाडाैं । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक, २०७७ संसदीय समितिबाट पारित भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकाे बैठकले साे विधेयक पारित गरेको हो । विभिन्न सरोकारवाला र कृषि, कानुन र उद्योग मन्त्रीहरूसँग पटक-पटक छलफल गरी आवश्यक संशोधनसहित विधेयक पारित गरिएको समिति सभापति आरजु राणाले जानकारी दिनुभयाे ।
समितिबाट पारित भएको साे विधेयक अब सदनमा पेस हुनेछ ।
