काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनाका दोषी भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले छानबिन आयोगले ज्वालालाई दोषी ठहर्याउँदा पनि मन्त्री पदबाट नहटाइएको भन्दै आपत्ति जनाउनुभयो । ‘अहिलेसम्म न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकता प्रदर्शन गर्नुभएको छ, न सरकार र प्रधानमन्त्रीले कुनै छनक दिनुभएको छ’, लामिछानेले भन्नुभयो ।
छानबिन आयोगले दोषी ठहर्याउँदा ठहर्याउँदै पनि त्यस बारेमा चुइँक्क नबोली अन्य विषय बोल्दै हिँड्ने नैतिकता कहाँबाट आयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
लामिछानेले कुनै पनि प्रमाण नभएकालाई नक्कली प्रमाण जुटाएर भए पनि पूर्वाग्रहपूर्ण तरिकाले फसाउन लाग्ने तर छताछुल्ल प्रमाण भएकालाई छाड्ने काममा लागेको भन्दै लामिछानेले आपत्ति जनाउनुभयो । सरकारले आफ्ना वरिपरिकालाई बचाउने र अरुलाई फसाउने काम गरेको उहाँले बताउनुभयो । आफ्ना मान्छेका अनुहार आउने बित्तिकै फाइल बन्द गर्ने सरकारको कामको निन्दा गर्दै उहाँले अब रास्वपाका मानिसको मात्र फाइल खोल्न उहाँले चुनौती दिनुभयो । ‘विधिको शानको बारेमा अब नबोले पनि हुन्छ’, उहाँले भन्नुभयो ।
आफूले गठबन्धनको पीडा र प्रधानमन्त्रीसँग जम्मा ३२ सिट मात्र भएको पीडा राम्रोसँग बुझेको लामिछानेले बताउनुभयो । नेपाली जनताले भोग्नु परेको पीडा कसैको सत्ता टिकाउनको लागि आधार बन्नु नहुने उहाँले प्रष्ट पार्नुभयो ।
