काठमाडाैं । नेपाली कांग्रेसका तेजुलाल चाैधरीले एनआईसी एशिया बैंककाे विषयमा विभिन्न समाचार आइरहेका भन्दै सत्यतथ्य स्पष्ट पार्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले सहकारी जस्तै एनआईसी एशिया बैंकबारे पनि अनेक समाचारहरु आइरहेका बताउनुभयाे । उहाँले भन्नुभयाे - 'अहिले सहकारी जस्तै एनआईसी एशिया बैंकबारे पनि अनेक समाचार आएका छन्, बचत कर्ताले धमाधम बचत (निक्षेप) निकालिरहेका छन्, यसबारे सत्यतथ्य सरकारले जानकारी गराओस् ।'
सांसद् चाैधरीले भ्रष्टाचार बढेकाे भन्दै यसमा गम्भीर हुन पनि सरकारले ध्यानाकर्षण गराउनुभयाे ।
