काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकाे अर्थतन्त्रमा सुधार हुँदै गइरहेकाे दाबी गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्का प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा सुधार हुँदै गएपनि दबाब र चाप कायमै रहेकाे बताउनुभयाे ।
अर्थतन्त्रका प्राय सूचकहरू सकारात्मक रहे पनि दबाब कायमै रहेकाे उहाँले बताउनुभयाे । सरकारले राेजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । 'अर्थतन्त्रका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ, कृषि, पशुपक्षीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम ७५३ वटै पालिकाहरुमा कार्यान्वयन गर्ने गरी अघि बढाइँदैछ'- उहाँले भन्नुभयाे ।
