काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनकाे पक्षमा काम गर्दा कुर्सी हल्लिन्छ कि भन्ने डर आफूलाई नभएकाे दाबी गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद् गणेश पराजुलीले साेधेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नाे ध्यान कुर्सीमा नभइ सुशासन कायम गर्ने दिशामा रहेकाे दाबी गर्नुभयाे । 'कुर्सी हल्लिने डर मलाई छैन, मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो, मैले सुरुमा १५-२० दिन हाे कि भन्ने साेचेकाे थिएँ,नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ, सरकार जाला कि भन्ने डर मलाई विल्कुलै छैन, सुरुदेखि नै कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेजामा सुधार ल्याउन सकिन्छ भन्नेमा मेराे ध्यान छ'- उहाँले भन्नुभयाे ।
कुर्सी हल्लिने डर भएकाे भए नक्कली भुटानी शरणार्थी काण्ड लगायत काण्डमा छानबिन नै नहुने दाबी प्रधानमन्त्री प्रचण्डले गर्नुभयाे । 'त्यस्ताे भए छानबिन नै सुरु हुने थिएन, यी काण्ड त विगतमा पनि थिए कति छानबिन भए ? सुशासन मेराे नारा हाेइन संकल्प हाे'- उहाँकाे दाबी छ ।
यति धेरै उच्च पदस्थलाई छानबिनकाे दायरामा ल्याइएकाे इतिहासकै ठूलाे प्रकरण भएकाे दाबी गर्दै उहाँले यसमा सरकारलाई बधाई दिनुपर्नेमा भुटानी शरणार्थी काण्डलाई राजनीतिकरण गर्नु उचित नहुने दाबी उहाँले गर्नुभयाे । ६० केजी सुन राजस्व अनुसन्धान विभागले पत्ता लगाएकाे जिकिर उहाँले गर्नुभयाे ।
