काठमाडाैं । अनुगमन, मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधि सभामा पेस भएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पति भएकाे साे विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
राष्ट्रिय सभाबाट पारित भएकाे साे विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जनसहित पारित गरेको थियो । ०७६ फागुन २८ गते राष्ट्रिय सभामा दर्ता भएको साे विधेयक २०७९ माघ २३ गते राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको थियो ।
