काठमाडाैं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० प्रतिनिधि सभामा टेबल भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त साे विधेयक टेबल गर्नुभएकाे हाे ।
माघ २९ गते बसेकाे राष्ट्रिय सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेको थियाे ।
