काठमाडाैं । राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्नुभएकाे साे विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
माघ २४ गते बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक पारित गरेकाे थियाे ।
