काठमाडाैं । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेकाे विषयलाई लिएर प्रतिनिधि सभामा लफडा भएकाे छ ।
शुक्रबार बसेकाे बैठकमा नेपाली कांग्रेसका सांसद् राजन केसीले गणपुरक संख्या नपुर्याउन प्रतिपक्षी सांसद्हरु बाहिर गएको आरोप लगाउनुभयाे । बिहीबारकाे बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने बेला प्रतिपक्षका १५ जना सांसद् बाहिरिएकाे उहाँले आराेप लगाउनुभयाे ।
त्यसपछि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसद्ले उठेर विराेध जनाए । आकस्मिक समयकाे नियम विपरीत प्रतिपक्षकाे विराे गरिएकाे भन्दै एमाले सांसद्ले उठेर विराेध जनाएका हुन् ।
सत्तापक्षका सांसद्ले पनि हाेहल्ला गरेका छन् ।
