काठमाडौं । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
बालकुमारी घटना लगायत विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलको अवरोध र अडानपछि शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे हाे ।
एमालेले बालकुमारी घटनामा दाेषी ठहरिएका भाैतिक मन्त्री, अख्तियारमा बयान दिएका स्वास्थ्यमन्त्री र रामग्रामकाे जग्गा निजी कम्पनीलाई दिन निर्णय गर्ने पर्यटनमन्त्रीकाे विषयमा प्रधानमन्त्रीकाे जवाफ मागेकाे थियाे ।
रास्वा र राप्रपाले बालकुमारी घटनालगायत समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए ।
