काठमाडौं । विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वमसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
राष्ट्रिय सभाकाे आजकाे बैठकमा माैलिक हक कार्यान्वयनका लागि कानुन निर्माणसम्बन्धी संकल्प प्रस्ताव पेस भएकाे थियाे ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएकाे छ ।
